रामबहादुर थापाका विपक्षमा मतदान गर्नेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी « Khabarhub

रामबहादुर थापाका विपक्षमा मतदान गर्नेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी


५ जेष्ठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभाको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भोलि हुने राष्ट्रियसभा सदस्यको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

चुनावको अघिल्लो दिन विज्ञप्ति जारी अध्यक्ष ओलीले एमाले जस्तो पार्टीमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा गर्नु र मतदान गर्नु क्षम्य नहुने भनेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानको पहल भइरहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्ने जस्ता विषय हाम्रो पार्टीमा कल्पनाबाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीलाई क्षम्य हुँदैन ।’

अध्यक्ष ओलीले रामबहादुर थापाको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतासमेत उजागर हुने भनेका छन् ।

हिजोमात्रै गृहमन्त्रीसमेत रहेका एमाले नेता थापा सहयोग माग्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास पुगेका थिए । बिहीबार हुने चुनावका लागि कांग्रेस माओवादी केन्द्रको समर्थनमा डाक्टर खिमलाल देवकोटा र एमाले उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी परेको छ ।

अध्यक्ष ओलीले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १ : ०४ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब