घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला « Khabarhub

घाँटी रेटिएको अवस्थामा युवतीको शव फेला


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा एक युवतीको शव फेला परेको छ । रंगेली नगरपालिका–३ तिलुवा चोक नजिक नहरमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक रंगेली–३ की २४ वर्षीया अनिता यादव रहेको प्रहरीले जनाएको छ । उनको शव बुधबार बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार अनिताको शव घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा फेला परेको हो। पानी नभएको सुक्खा नहरमा हत्या गरेर फ्याकिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

डिएसपी मन्जिल मुकारूङको नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको एपसी खड्काले बताए। प्रहरीले अनिताका श्रीमान बेचन, ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : २५ बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च