कोरोनाले दमक नगरपालिकाका पूर्व वडाध्यक्षको निधन | Khabarhub Khabarhub

कोरोनाले दमक नगरपालिकाका पूर्व वडाध्यक्षको निधन


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना संक्रमणका कारण दमक नगरपालिका एक पूर्व वडाध्यक्षको निधन भएको छ ।

साविक वडा नं.१० का पूर्ववडाध्यक्ष मोती ईङ्नामको उपचारका क्रममा बुधबार बिहान निधन भएको परिवारले जनाएको छ ।

उनी कम्युनिष्ट आन्दोलनका पुराना कार्यकर्ता तथा भुमिगत कालमा हालका प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई सेल्टर प्रदान गर्ने सेल्टरदाताको रुपमा समेत रहेका थिए ।

उनी २०५४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

बिराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको वडाध्यक्ष ईन्द्र गुरुङ्ले जनाएका छन् ।

यस्तै अर्जुनधारा ९ की एक कोरोना संक्रमित महिलाको पनि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : ३५ बजे

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव

सरकार उखु किसानका माग पूरा गर्नुपर्छ : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत उखु

महालक्ष्मी विकास बैंकको कम्पनी सचिवमा पन्त

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको कम्पनीको सचिवमा सोमराज पन्त

मुक्तिनाथ म्युचुअल फण्ड १ : ३.८ प्रतिशत लाभांश खातामा जम्मा

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ