विवाह भोजमा सहभागी ४६ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

विवाह भोजमा सहभागी ४६ जनामा कोरोना पुष्टि


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा विवाह भोजमा सहभागी भएका ४६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मिथिला नगरपालिका ११ दुधपानी लोटा टोलस्थित मान बहादुर मगरले छोरा सन्तोष मगरको विवाह भोजमा सहभागी ४६ जनामा संक्रमण देखिएको हो ।

गाउँमा सबै मासिनहरु बिरामी पर्न थालेपछि नगरपालिकाले जेठ २ गते स्वाव संकलन गरी परीक्षण गराएको थियो । मंगलबार आएको रिर्पाटमा गाउँका ४६ जना संक्रमित रहेको पुष्टी भएको छ ।

कोरोना संक्रमितको लक्षणसँग मिल्दो जुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणका लागि पठाएकोमा ४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डङ्गोलले जानकारी दिए ।.

विवाहका सहभागी भएका अधिकांशमासंक्रमण देखिएको नगर प्रमुख हरि नारायण महतोले जानकारी दिए । उनका अनुसार विवाह भोजमा सहभागी हुन बाहिरका थुप्रै अतिथि आएका जनाइएको छ ।

अतिथिबाट नै संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ ।

नगरपाालिकामा स्रोतसाधन अभाव हुँदा संक्रमितहरु गाउँमै रहेको छन् । पालिकाले आइसोलेसन बनाउन नसकेको नगर प्रमुख महतोले बताए । तर,
एकै पटक ४६ जनामा कोरोना पुष्टि भएपछि गाउँका मानिसहरु त्रसिद भएका छन् ।

संक्रमितहरु मध्ये गम्भिर देखिएका दुई जनाको सिन्धुलीमा उपचार भइरहेको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको नगरकी उपप्रमुख ताराकुमारी बस्नेतले जानकारी दिइन् ।

उनकाअनुसार सामान्य अवस्थाका कोरोना संक्रमितहरु अहिले होम आइसोलेशनमा रहेका छन् । संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ०१ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय