गण्डकी प्रदेशमा एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु « Khabarhub

गण्डकी प्रदेशमा एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

कोरोना संक्रमण भई बुधबार मृत्यु पुष्टि हुनेमा पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, स्याङ्गजाका ७ जना, नवलपुरका ५, तनहुँका र म्याग्दीका ५/५ जना र गोरखाका ३ जना छन् । स्वास्थ्य निर्देशनालयको विवरणमा भने नवलपुरमा २ जनाको मृत्यु भएको उल्लेख छ ।

योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५५ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, बुधबार नै गण्डकीका थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनामा गरिएको नमुना परीक्षणमा थप ६८८ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि हुनेमा कास्कीका १७६ जना, गोरखाका १२९ जना, नवलपुरका १२८ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना तनहुँका ५६ जना छन् ।

यस्तै, पर्वतका २२ जना, मनाङका १३ जना, मुस्ताङका १० जना, स्याङ्गजाका ९ जना र लमजुङका ७ जनालाई पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ । प्रदेशमा अब ९ हजार २७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

नवलपुरमा एकै दिन पाँच संक्रमितको मृत्यु

पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमणका कारण एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

कावासोतीका १ जनासहित बुधबार एकै दिन जिल्लाका पाँच जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको प्रमुख केशव चापागाईँले जानकारी दिए ।

योसहित नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । कोरोनाको दोस्रो लहरमा मात्रै बैशाख १ गतेदेखि यता अहिलेसम्म ३० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कोरोना संक्रमणबाट मंगलबार बेलुका कावासोती नगरपालिका ३ निवासी ६१ वर्षका निर्माण ब्यवसायी महेन्द्र श्रेष्ठको निधन भएको थियो ।

यस्तै, बुधबार नै नवलपुरमा १ सय १९ जना संक्रमित थपिएका छन् । बुधबार सबैभन्दा बढी कावासोती नगरपालिकामा २९ जना संक्रमित थपिएका छन् ।

यस्तै, देवचुली नगरपालिकामा २६, गैडाकोट नगरपालिकामा २३, मध्यबिन्दु नगरपालिकामा १५, हुप्सेकोट गाउँपालिकामा १३, विनयी त्रिवेणी गाउँपालिकामा १२ र अन्य जिल्लाका १ जना नयाँ संक्रमित थपिएका छन् । योसहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको छ ।

बुधबार नवलपुर जिल्लाबाट ९६ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ३७ बजे

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत