मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : कांग्रेस « Khabarhub

मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : कांग्रेस


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भर्त्सना गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको ठहर रहेको बताए ।

बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ । खाँणले अहिलको अवस्थामा वैकल्पिक सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न कांग्रेस खुल्ला रहेको धारणा राखे ।

त्यस्तै बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

नेपालमा कोरोना महामारीको बिषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत विश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको तथा भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले बताए ।

कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिए ।

बैठकले कोरोना संक्रमण रोकथामका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ ।

त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति पनि बैठकले धन्यवाद दिएको छ । कोरोना महामारीमा अप्ठेरो अवस्थामा परेको क्षेत्रलाई राहत प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

 

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ३१ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका