लमजुङ भूकम्प : ६ जना घाइते, २ सय घरमा क्षति « Khabarhub

लमजुङ भूकम्प : ६ जना घाइते, २ सय घरमा क्षति


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका­६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपालिका­६ ठूलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी र दोर्दी गाउँपालिका­ ७ का ८३ वर्षीय मङ्गलीकुमारी तामाङ र बेँसीशहर नगरपालिका­८ का ६० वर्षीय सुमित्रादेवी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुमध्ये सुमित्रादेवी, खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका हुन् । घाइतेहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुको टाउको, हात, खुट्टालगायतका शरीरमा चोट लागेको र उपचारपश्चात् गोविन्द बाहेक सबै जना घर फिर्ता भएका छन् । टाउकोमा चोट भएकाले गोविन्दलाई भने थप उपचारका लागि चितवनमा पठाइएको प्रहरी निरीक्षक जगदिश मिश्रले बताए ।

त्यस्तै जिल्लामा अनुमानित २०० घरमा भूकम्पले पूर्ण क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लाको सबैभन्दा बढी बेँसीशहर नगरपालिकाका घरहरुमा क्षति पुगेको छ । सो नगरपालिकामा मात्र १०० घरमा क्षति पुगेको देखिएको छ ।”

मर्स्याङ्दी गाउँपालिकामा ६० र दोर्दी गाउँपालिकामा ४० घर मान्छे बस्न नमिल्ने गरी घर भत्किएको उनले बताए ।

यसबाहेक केही घर क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकामा समेत क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भूकम्पले क्षति बनाएका घरहरुमध्ये ३५ जनालाई आज प्रशासनले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखामार्फत पाल वितरण गरेको छ भने अन्यलाई प्रशासनले भोलि पाल तथा त्रिपाल वितरण गर्ने योजना रहेको जनाएको छ ।

प्रजिअ लुइँटेलले बस्नै नहुने घरहरुका धनीलाई वडाध्यक्ष र प्रहरीको मुजुल्काको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्रति घर रु १५ हजारसम्म आर्थिक सहयोग गरिने जानकारी दिए ।

जिल्लामा बिहान सो रेक्टरको भूकम्प गएपश्चात् पटकपटक साना ठूला गरी ५७ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चार रेक्टरभन्दा माथिका चार वटा र अरु सोभन्दा कमका रहेका छन् ।

चारभन्दा माथि गएका परकम्पमा बिहान ५ बजेर ४२ मिनेटमा ५.८, आठ बजेर १६ मिनेटमा ४, आठ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ । जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महशुस भइरहेको छ । पछिल्लो समय साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत धक्का महशुस भएको छ ।

भूकम्प पटकपटक जाँदा यहाँका वासिन्दा त्रासित बनेका छन् । उनीहरु कोरोना सङ्क्रमणको बेला समेत कोरोनाभन्दा भूकम्पको डरले बाहिर निस्किएका छन् । बाहिर निस्कदा भीडभाड समेत बढ्नुका साथै कोरोनाको जोखिम समेत बढेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : १० बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का