लमजुङमा फेरि गयो भूकम्प, स्थानीय त्रसिद « Khabarhub

लमजुङमा फेरि गयो भूकम्प, स्थानीय त्रसिद


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

पछिल्लो पटक राति १० बजेर ३९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  उक्त भूकम्प आज बिहान गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्प गएसँगै स्थानीय त्रसिद बनेका छन् । कोरोना कहरकाबीच भूकम्पले झन त्रास बढाएको उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान गएको भूकम्प सहितको गरी चार रेक्टर स्केलभन्दा माथिको भूकम्प ६ पटक गएको छ।

बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४,  ८ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसैगरी दिउँसो ३ बजेर ८ मिनेटमा ४ र राति १० बजेर ३९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ । यसअघि साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ५४ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट