लमजुङ भूकम्प : बुधबार रातिसम्म ४ रेक्टर स्केलमाथिका पाँच परकम्प « Khabarhub

लमजुङ भूकम्प : बुधबार रातिसम्म ४ रेक्टर स्केलमाथिका पाँच परकम्प


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लमजुङमा आज विहान गएको भूकम्प पश्चात चार रेक्टर स्केल माथिको पाँच परकम्प गएको छ ।

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

पछिल्लो पटक राति १० बजेर ३९ मिनेटमा हिलेटक्सारमा केन्द्रविन्दु भइ ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  उक्त भूकम्प आज बिहान गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्प गएसँगै स्थानीय त्रसिद बनेका छन् । कोरोना कहरकाबीच भूकम्पले झन त्रास बढाएको उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान गएको भूकम्पसहित गरी चार रेक्टर स्केलभन्दा माथिको भूकम्प ६ पटक गएको छ।

बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४,  ८ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसैगरी दिउँसो ३ बजेर ८ मिनेटमा ४ र राति १० बजेर ३९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ । यसअघि साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ११ : ४१ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै