तामाकोशी नदीमा बाढीको जोखिम कायमै « Khabarhub

तामाकोशी नदीमा बाढीको जोखिम कायमै


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामाकोशी नदीमा बाढीको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।

चीनको तिब्बतमा थुनिएको तामाकोशी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा नटरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

रोङसिया शहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै प्रशासनले विज्ञप्तिमार्फत शुक्रबार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार शुक्रबार राति र आज शनिबार बिहानसम्मको अवस्थामा तात्विक भिन्नता छैन । कुनै पनि बेला ठूलो बाढीको खतरा रहेकाले सतर्क रहन उनले आग्रह गरेका छन् ।

‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ,’ जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा  भनिएको छ ।

थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : १५ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम