शहरभन्दा गाउँमा कोरोना सङ्क्रमित बढ्दै « Khabarhub

शहरभन्दा गाउँमा कोरोना सङ्क्रमित बढ्दै


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन ।

गाउँमा पूजापाठ, भोजभतेर पनि निर्बाध चलिरहेका थिए । शहरियालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । कतिपय गाउँमा त भुसको आगो फैलिए झैँ कोरोना फैलिएको छ । बरु शहरमा सावधानी अपनाउँदा विस्तारै सङ्क्रमण दर घट्दो देखिन्छ ।

गाउँलेकै लापरवाहीले कोरोना फैलिरहेको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए ।  “गाउँमा सावधानी नै अपनाइएको छैन । खेतीपाती सँगै गर्छन् । चौतारोमा सँगै बसेर गफिन्छन् । गाउँमा मास्क अनिवार्य पनि छैन, मापदण्डको पालना हुँदैन । एक जना सङ्क्रमितले सयौँलाई फैलाउँछ,” श्रीवास्तवले भने ।

शुक्लागण्डकीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ । पछिल्ला सातामा परीक्षण भएका स्वाबको पिसीआर रिपोर्टमा पोजेटिभ हुनेको सङ्ख्या गाउँ र शहर क्षेत्रका बराबरी छ । होम आइसोलेसनले पनि सङ्क्रमण फैलिन बढवा दिएको स्वास्थ्य शाखा प्रमुख श्रीवास्तवको विश्लेषण छ ।

कोरोना नियन्त्रणको जिम्मेवारी स्वास्थ्यकर्मीको मात्रै हो भन्ने गलत बुझाई आम सर्वसाधारणमा रहेको उनले दुखेसो गरे । “जति दायित्व स्वास्थ्यकर्मीको छ त्यति नै घरपरिवार, नागरिक समाज, टोलको र जनप्रतिनिधिको छ,” उनले भने ।

कोरोनालाई नियन्त्रण गर्नलाई सबै पक्ष मिलेर गाउँमा निगरानी बढाउनुपर्नेमा उनले जोड दिए ।

भिमादका गाउँ–गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिने बिरामी थुप्रै छन् । नगरपालिकाको स्वास्थ्य शाखा गाउँमा पुगेर सर्वसाधारणको एन्टिजेन परीक्षण गरिरहेको छ । पछिल्लो समय भिमादको वडा नं २ को जलौदीमा एकैदिन ७० जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनालाई पोजेटिभ पुष्टिभयो ।

डरलाग्दो तरीकाले गाउँघरतिर सङ्क्रमण फैलिएको भिमाद स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मुनिराज बरालले बताए । निषेधाज्ञापछि जोखिमयुक्त ठाउँमा रहेकाहरु ह्वात्तै गाउँ पसेकाले गाउँघरमा सङ्क्रमणको स्थिति भयावह भएको उनको भनाइ छ । उनका अनुसार गाउँमा सङ्क्रमण फैलनुको अर्को कारणमा बिहे, ब्रतबन्ध र भोजभतेर पर्दछ ।

गाउँमा फैलिएको कोरोना नियन्त्रणका लागि एन्टिजेन परीक्षणको दायरा बढाएकामा बिरामी परेका परीक्षण गर्न नमानेको उनले बताए ।

“सङ्क्रमण भएमा सिटामोल खाने, घरायसी औषधि खाएर दुई/चार दिनमा निको भएका धेरै छन्,” उनले भने, “सङ्क्रमण भएमा गाउँ समाजले नराम्रो दृष्टिले हेर्न भएकाले पनि परीक्षण गर्न चाहँदैनन् ।”

जटिल अवस्थामा पुगेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिले सङ्क्रमण र मृत्युदरमा वृद्धि भएको छ । तनहुँमा हाल ९१४ जना सक्रिय सङ्क्रमित छन् । दोस्रो लहरको कोरोना फैलिएपछि जिल्लामा १७ हजार ३७८ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा चार हजार २४३ लाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएके छ ।

तीमध्ये ९९ जनाको मृत्यु भएको छ भने तीन हजार २३० जनाले कोरोनालाई जित्न सफल भएका छन् । सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा सङ्क्रमित छन् । देवघाट गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यतर्फ ओरालो झर्दै छ । मृत्यु हुनेको सङ्ख्या शुक्लागण्डकीमा उच्च देखिन्छ । रासस

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १२ : ५५ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा