दक्षिणी पेरूमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु « Khabarhub

दक्षिणी पेरूमा बस दुर्घटना हुँदा २७ जनाको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा ग्र्य घाइतेहरूलाई उद्धार गरी नजिकैको नास्काको अस्पताल लगिएको छ ।

पेरुको प्रहरले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : २५ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या