सल्यानमा एक महिला खोलामा मृत फेला, बलात्कारपछि हत्या भएको आशंका « Khabarhub

सल्यानमा एक महिला खोलामा मृत फेला, बलात्कारपछि हत्या भएको आशंका


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको दार्मा गाउँपालिकामा खोला किनारामा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीका अनुसार दार्मा गाउँपालिका – ५ की ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाका अनुसार घटना शंकास्पद रहेको छ । घटनास्थल वरिपरि खिमाको मृत्यु खुल्ने त्यस्तो कुनै सूचना फेला परेको छैन ।

शव पोष्टमार्टम रिपोर्ट आइतबार आइपुग्ने हुँदा त्यसपछि खिमाको मृत्युबारे स्पष्ट भन्न सकिने डिएसपी थापाले बताए ।

प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी थिइन् । खिमाका श्रीमान् खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै घर आइपुगेका छन् । रोजगारीको सिलसिलामा खिमबहादुर झन्डै आठ महिनाअगाडि भारतको सिमला गएका थिए ।

खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ४ : ४० बजे

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा