एकैदिन ३ हजार ६६० जनाले जिते कोरोना, निको हुने दर ८९.३ प्रतिशत « Khabarhub

एकैदिन ३ हजार ६६० जनाले जिते कोरोना, निको हुने दर ८९.३ प्रतिशत


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जनाले कोरोना भाइरसलाई जितेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।
पछिल्ला केही दिन यता देशभर कोरोना संक्रमित हुने भन्दा निको हुनेको दर बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ८९.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०१ जना संक्रमित थपिँदा ३ हजार ६६० जना निको भएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार १० जनाको पीसीआर परीक्षणमा १ हजार ६८८ र ४ हजार ६८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जना गरी कुल २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ५ : ३५ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति