भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने « Khabarhub

भारतीय सेनाले गोर्खा भर्तीको सूचना सच्यायो, नेपालीभाषी भारतीय महिलालाई मात्र भर्ना लिने


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाले नेपाली युवतीलाई भर्तीका लागि आह्वान गरेको सूचना सच्याएको छ । नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने सूचना आह्वानसँगै चौतर्फी विरोध भएपछि संशोधन गरिएको हो ।

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो । सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति व्यक्त गरेका थिए ।

जोइन इन्डियन आर्मी वेबसाइटमा जुन १५ तारिखमा राखिएको भूलसुधारमा सूचनाको गोर्खा सम्बन्धी खण्डलाई संशोधन गरिएको छ । सो भूलसुधारमा ‘सबै गोर्खाहरु (नेपाली र भारतीय)को सट्टा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख गरिएको छ ।

भारतीय सेनाले सूचनालाई सच्याएपनि यसअघि जारी गरिएको सूचनालाई भने हटाएको छैन ।

भूलसुधारपछि पनि वक्तव्य जारी गर्दै भारतीय सेनाका रिटायर्ड कर्णेल धनबहादुर थापा अध्यक्ष रहेको भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पनि सूचना गलत रहेको जनाएको छ ।

महासंघले नेपाल र भारतबीच आँच आउने अभिव्यक्ति नदिन पनि भनेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ६ : ५५ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि