महाकाली नदीबीचमा फसेका तीनको उद्धार | Khabarhub Khabarhub

महाकाली नदीबीचमा फसेका तीनको उद्धार


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ ।

भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ५० बजे

लिभरपुलको प्रशिक्षकमा आर्ने स्लट नियुक्त

काठमाडौं– लिभरपुलको  प्रशिक्षकमा नेदरल्याण्डका आर्ने स्लट नियुक्त भएका छन् ।

इजरायलले रफाहमा तिब्र सैन्य कारबाही गर्ने

काठमाडौं– इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न

मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक

काठमाडौं – गायक मनोज तिवारीको नयाँ गीत सार्वजनिक भएको छ।

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ– बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी– गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी