महाकाली नदीबीचमा फसेका तीनको उद्धार « Khabarhub

महाकाली नदीबीचमा फसेका तीनको उद्धार


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– महाकाली नदीको बाढीमा फसेका तीन जनाको नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले आज उद्धार गरेको छ ।

भीमदत्त नगरपालिका १० नजिकको भारतीय वनमा भैंसी चराएर फर्कने क्रममा महाकाली नदीको बीचमा फसेका वर्ष २४ का राजेश टमटा, वर्ष २० का राम टमटा र वर्ष २८ का प्रमा तिरुवाको उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट(बिओपी) गड्डाचौकी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सलानी गोठको समन्वयमा उद्धार गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

नेपाल तर्फबाट सशस्त्र प्रहरीका १४ जवान, नेपाल प्रहरीका पाँच जवान, भारतीय एसएसबीका ५७ नम्बर वटालियन वनवसाका सात जवान र टनकपुरस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक धरमवीरको कमाण्डमा आठ जना डुङ्गासहितको टोली उद्धारमा संलग्न भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ५० बजे

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा