हँसपुर नगरपालिकाको बजेट ६२ करोड ८० लाख « Khabarhub

हँसपुर नगरपालिकाको बजेट ६२ करोड ८० लाख


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको हँसपुर नगरपालिकाले जिल्लामै पहिलो पटक बजेट ल्याएको छ । शनिबार पालिकाको आठौं नगरसभाबाट अगामी आर्थिक वर्षको बजेट नगर उपप्रमुख रेणुदेवी झाले प्रस्तुत गरेकी हुन् ।

पालिकाले कोरोना व्यवस्थापनमा र पूर्वाधार विकासमा केन्द्रीत रहेर ६२ करोड ८० लाख ५६ हजार बजेट विनियोजन गरेको छ ।

उपप्रमुख झाले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा चालु तर्फ ४४ करोड पाँच लाख ८१ हजार अर्थात ७० दशमलव १५ प्रतिशत विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १८ करोड ७४ लाख ७५ हजार अर्थात २९ दशमलब ८५ प्रतिशत विनियोजन गरिएको छ ।

पालिकाले चालु आर्थिक वर्षमा राजस्व बाँडफाँडबाट आठ करोड दुई लाख ६४ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान वापत १२ करोड ५७ लाख र संघीय सरकारबाट सर्सत अनुदान वापत २० करोढ १३ लाख प्राप्त गरेको आयव्ययमार्फत जानकारी दिएका छन् ।

यस्तै, प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान वापत ७३ लाख ७२ हजार, पोषण तथा अन्य कार्यक्रममार्फत प्राप्त गरेको २९ लाख २० हजार, नगरपालिकाको राजस्वबाट अनुमानित तीन करोड र गत आर्थिक वर्षबाट ल्याएको मौज्दात १६ करोड ५० लाख गरी करिब ६३ करोडको सन्तुलित बजेट प्रस्तुत गरेको हो ।

कोरोना महामारीको व्यवस्थापन र पूर्वाधार विकासको कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासको लागि ३५ करोड ६१ लख ३५ हजार विनियोजन गरिएको छ भने वातारण तथा विपद व्यवस्थापनको लागि पाँच करोड विनियोजन गरेको हो ।

यस्तै, कार्यालय सञ्चालनको लागि तथा प्रशासनिक खर्चको लागि आठ करोड दुई लाख ६४ हजार निनियोजन गरेको बजेट व्यक्तव्यमा उल्लेख छ । पालिकाले नगरसभाको अवसरमा कर्मचारीको मनोबल बढाउन स्वास्थ्य शाखा प्रमुख र वडा सचिवलाई साइकलसमेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ५० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने