बाढी, पहिरो र डुबानमा परी एक सातामा १७ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढी, पहिरो र डुबानमा परी एक सातामा १७ जनाको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्धार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ ।

गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । –रासस

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : २८ बजे

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप