साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरण गर्न अस्थायी कार्यालय संचालन गर्दै « Khabarhub

साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरण गर्न अस्थायी कार्यालय संचालन गर्दै


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरणका लागि अस्थायी कार्यालय संचालन गर्ने भएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी अगस्ट १३ तारिखमा दूतावासले राहदानी नवीकरणको आवेदन संकलन गर्ने भएको हो ।

दूतावासले सूचना जारी गर्दै त्यहाँको पूर्वी क्षेत्रको दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी नवीकरण आबेदन संकलन गर्ने जनाएको छ । दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा अगस्ट १३ तारिख बिहान ७ देखि साँझ ७ बजेसम्म अस्थायी कार्यालय संचालन गरिने दूतावासले जनाएको छ ।

आवेदन संकलनका लागि सक्कल राहदानी वा राहदानीको फोटो भएको पेज र पेज नं ३१ को फोटोकपी एक एक प्रति, नागरिकताको समेत फोटो कपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने दूतावासले जारी गरेको सूचनामा भनेको छ ।

राहदानी नवीकरण दस्तुर २ सय साउदी रियाल लाग्ने छ भने हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा ४ सय रियाल लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै