प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट थप स्वास्थ्य सामाग्री नेपाल ल्यायो « Khabarhub

प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट थप स्वास्थ्य सामाग्री नेपाल ल्यायो


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले चाटर्ड विमानमार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्र्याएको हो ।

प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार ४ सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै डिजल थर्मामिटर १६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय ४ थान, पिपिई कभरअल लार्ज २३ सय ४ थान, ईमरजेन्सी रिलिफ वेड ३० थान पनि आइपुगेको छ भने डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स १ लाख २८ हजार थान गरी करिब आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् । यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उनको भनाइ छ ।

नेपाल ल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसंगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दि‍इन् ।

त्यस्तै प्रतिष्ठानका निर्देशक धर्म केसीले कोरोना रोकथाम र न्युनिकरणका लागि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल ल्याइएको र उक्त सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिए ।

मन्त्रालयको आपूर्ति तथा व्यवस्थापन महाशाखासंगको समन्वय र सहमतिमा मुलुकका आवश्यक स्थानमा बितरण गरिने उनको भनाइ छ ।

यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर , मेडिकल टेन्ट, वाईप्याप मेसिन, आईसीयू बेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ३० बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर