माधव नेपाल गद्दार हुन्, अब एमालेमा कुनै ठाउँ छैन : ओली « Khabarhub

माधव नेपाल गद्दार हुन्, अब एमालेमा कुनै ठाउँ छैन : ओली


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल ‘कम्युनिस्ट आन्दोलनकै गद्दार’ भएको आरोप लगाएका छन् ।

सोमबार शुरू भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन् ।

नेपालका लागि कुनै ठाउँ नभएको बताएका ओलीले अन्य नेताहरूले भने गल्ती स्वीकार गरेर, सच्चिएर आएमा पार्टीले स्वागत गर्ने बताए ।

आइतबार प्रतिनिधिसभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । उक्त घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे ।

ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरेका छन् । ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ४७ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय