चोरिएका दुईवटा मोटरसाइकलसहित एक युवक पक्राउ « Khabarhub

चोरिएका दुईवटा मोटरसाइकलसहित एक युवक पक्राउ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईवटा मोटरसाईकलसहित चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई सादा पोशाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी टोलीले भक्तपुरको कौशलटारबाट नियन्त्रणमा लिएको हो ।

बा ९५ प २३३ नम्बरको केटीएम डुक – २०० सीसीको मोटरसाइकल साँचो बिनै डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकल आईतबार बिहान साढे ८ बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए ।

चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३ बजे नै उक्त मोटरसाईकलसहित उनलाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सीसीको एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद भएको भट्टराईले जनाकारी दिए ।

पक्राउ परेका भुजेललाई चोरी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु