चोरिएका दुईवटा मोटरसाइकलसहित एक युवक पक्राउ « Khabarhub

चोरिएका दुईवटा मोटरसाइकलसहित एक युवक पक्राउ


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुईवटा मोटरसाईकलसहित चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई सादा पोशाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी टोलीले भक्तपुरको कौशलटारबाट नियन्त्रणमा लिएको हो ।

बा ९५ प २३३ नम्बरको केटीएम डुक – २०० सीसीको मोटरसाइकल साँचो बिनै डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकल आईतबार बिहान साढे ८ बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका – ३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए ।

चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो ३ बजे नै उक्त मोटरसाईकलसहित उनलाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सीसीको एनएस रातो पल्सर मोटरसाईकल समेत कौशलटारबाट बरामद भएको भट्टराईले जनाकारी दिए ।

पक्राउ परेका भुजेललाई चोरी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : ५९ बजे

पत्रकार सुवेदीलाई भौतिक आक्रमणको धम्की, महासंघको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकार राजु

कतारको एयरस्पेस बन्द, एतिहाद र कतार एयरवेजका उडान अनिश्चितकाललाई प्रभावित

काठमाडौं– अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वबाट हुने हवाई

आफूविरुद्ध भ्रम फैल्याइएको भन्दै गगन थापाको आपत्ति

काठमाडौं- फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

कर्णाली– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान