साउथ अफ्रिकालाई रोक्ने योजनामा आयरल्याण्ड « Khabarhub

साउथ अफ्रिकालाई रोक्ने योजनामा आयरल्याण्ड


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ अफ्रिका र आयरल्याण्डबीचको तीन म्याचको ट्वान्टी–२० क्रिकेट सिरिज सोमबार शुरू हुँदैछ ।

सिरिजको पहिलो खेल नेपाली समयअनुसार सोमबार राति पौने नौ बजे डब्लिनमा शुरू हुनेछ ।

एक दिवसीय क्रिकेट सिरिजमा साउथ अफ्रिकालाई बराबरीमा रोकेको आयरल्याण्ड टी–२० क्रिकेट सिरिज भने घर मै राख्न चाहान्छ । सिरिजको पहिलो खेल वर्षाले प्रभावित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली आयरल्याण्डले ४३ रनको बाजी मारेको थियो । तेस्रो तथा अन्तिम खेलमा ७० रनको जित निकाल्दै भ्रमणकारी टोली साउथ अफ्रिकाले सिरिज बचाएको थियो ।

३–३ म्याचको वन डे र टी–२० क्रिकेट खेल्न डब्लिन पुगेको साउथ अफ्रिका टेम्बा बाभुमा र आयरल्याण्ड एण्डी बालबिर्नेको कमानीमा मैदान उत्रनेछन् ।

टी–२० को विश्व वरियातामा साउथ अफ्रिका छैठौँ र आयरल्याड १२ औँ स्थानमा छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ३ : १४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना