मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक « Khabarhub

मोदी नेपालसँग फराकिलो दायरामा काम गर्न इच्छुक


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन् ।

सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शभकामना दिएको र कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्दै सँगै काग गर्न इच्छुक रहेको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन् । उनले टेलिफोन वार्तामा मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएँ । हामी कोभिड–१९ विरुद्धको लडाइँसहित भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहन्छौँ ।’

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ४ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने