७१९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

७१९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१९ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५६४ कोरोना संक्रमितको आईसीयूमा र १५५ को भेन्टिलेटरमा गरी कुल ७१९ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १०४ जना आईसीयूमा र ४४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ५ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२९ जना आईसीयूमा र ९३ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ५९ बजे

रास्वपा महाधिवेशन : राति १० बजेदेखि मतदान

काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत केन्द्रीय

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

ललितपुर – ललितपुर महानगरले आर्थिक वर्ष २०८३/२०८४ को लागि सात

पासपोर्टबिना नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं – नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका २४ जना

धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी