टाटा मोटर्सले श्रावण १२ गते नेक्सन ईभी नेपालमा सार्वजनिक गर्ने « Khabarhub

टाटा मोटर्सले श्रावण १२ गते नेक्सन ईभी नेपालमा सार्वजनिक गर्ने


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको अग्रणी इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टाटा मोटर्स लिमिटेडले नेपालस्थित आफ्नो आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिमार्फत् साउन १२ गते नेक्सन ईभी सार्वजनिक गरी नेपाली बजारमा बिक्री वितरण खुल्ला गर्ने घोषणा गरेको छ ।

नेपालमा नेक्सन ईभीप्रति नेपालका उपभोक्ताहरुले अत्यन्त उत्सुकता दर्शाएका छन् र यस्तो आकर्षण दिन प्रतिदिन झन् बढ्दै छ । यही सन्दर्भमा पहिलो चरणमा बुकिङ्ग गरिसकेका केही ग्राहकहरुलाई साउनको १२ गतेदेखि नै र क्रमशः नेक्सन ईभीको विक्री वितरण गरिदैं जानेछ ।

कम्पनीले जनाएअनुसार १६६००१५५७७७ नम्वरमा कल गर्ने वा वेवसाइटमा रजिष्टर गर्ने ग्राहकहरुले गाडीको खरिदमा विशेष प्राथमिकता पाउनेछन् ।

अत्याधुनिक जिप ट्रोन प्रविधियुक्त नेक्सन इभीको बनावट आकर्षक छ भने यसमा अन्त्यन्त सुरक्षित एवम् आरामदायी तवरले यात्रा गर्न सकिन्छ । त्यसैगरी लामो दूरीको यात्रा पनि सहजताका साथ गर्न सकिने नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिन्छ ।

सन् २०२० को जनवरीबाट भारतमा विक्री वितरण सुरु भएको नेक्सन ईभीले छोटो अवधिमा नै भारतीय इलेक्टि्रक गाडीको बजारको ६५ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा करिब ४५०० भन्दा धेरै परिवारहरुले रुचाएको यस गाडीले १८ वटा पुरस्कार जितिसकेको छ । त्यसैले नेक्सन ईभी सबैभन्दा बढी पुरस्कारहरुबाट सम्मानित भई अत्याधिक लोकप्रियता हासिल गर्न सफल ईभी भएको बताएको छ ।

टाटा मोटर्सले नेपालमा इलेक्टि्रक गाडीको प्रभावकारी सञ्चालनको लागि पूर्ण ‘ईको सिस्टम’ विकास गर्ने लक्ष्य राखेको छ । यसको लागि कम्पनीले उत्कृष्ट इलेक्ट्रिक गाडी ल्याउनुका अतिरिक्त नेपालमा आकर्षक सेवा प्याकेज, ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ सुविधाको लागि उच्चस्तरीय डीसी चार्जरको सुविधा प्रदान गर्नेछ ।

नेपालमा नेक्सन ईभी तीनवटा मोडेलमा उपलब्ध हुनेछ । यसको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ ) र गाडीमा तीन वर्ष वा एक लाख पच्चिस हजार किलोमिटर (जुन पहिला आउँछ ) को वारेन्टी दिईने कम्पालिे जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ४५ बजे

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य

नेप्से परिसूचकमा २७.८५ अंकको वृद्धि

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८