विपदका घटनामा दाङमा एक वर्षमा ४७ जनाले ज्यान गुमाए  | Khabarhub Khabarhub

विपदका घटनामा दाङमा एक वर्षमा ४७ जनाले ज्यान गुमाए 


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– गत आर्थिक वर्षमा विभिन्न विपद्का घटनामा परी दाङमा ४७ जनाको ज्यान मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

केन्द्रका प्रमुख विश्वराज अर्यालले दिनुभएको जानकारीअनुसार ज्यान गुमाउनेमा १५ महिला र ३२ जना पुरुष रहेका छन् । उनका अनुसार एक वर्षको अवधिमा ३३३ वटा घटना घटेका छन् जसमा सबैभन्दा भारी वर्षाका १५१, आगलागीका घटना १०८, करेन्ट लागेको १३, पानीमा डुबेर (पोखरी, कुवा, खाडल) २५, सर्पदंशका २६ वटा घटना घटेका छन् ।

यसैगरी बाढी (खहरे खोला) चार वटा, खोलाले बगाएर छ र चार वटा चट्याङका घटना घटेका छन् ।

दिनभर खेतमा काम गरेर बेलुका घर फर्कने क्रममा गत असार ९ गते लमही नगरपालिका– ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरीलाई खहरे खोलाले बगाउँदा उनको ज्यान गयो ।

दिनभर लगातार परेको पानीले फल्कारपुरदेखि माथिको खहरे खोलामा बाढी आयो । सो खोला तर्ने क्रममा उनलाई खोलाले बगायो, गाउँलेले उद्धार गरी अचेत अवस्थामा लमही अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दाङ प्रहरीले गराएको थियो ।

त्यस्तै गत असार २८ गते घर नजिकै खेल्ने क्रममा पानीमा डुबेर लमही नगरपालिका– ३ बनगाउँ निवासी मनिष चौधरीका पाँच वर्षीय छोरा आशिष चौधरीको पनि मत्यु भयो ।

दिउँसोको समयमा घरका सदस्य नजिकै रहेको खेतमा काममा व्यस्त थिए । करीब १ बजेको समयमा खेल्ने क्रममा आशिष घर नजिकै रहेको झरनैया कुलोमा खसेका थिए । पानीमा खसेको छिमेकीले देखेपछि उनका बाबुआमालाई खबरगरेलगत्तै उनलाई पानीबाट उद्धार गरे पनि उनी अचेत अवस्थामा रहेकाले तुरुन्तै लमही अस्पताल पु¥याएपछि लगत्तै चिकित्सकले मृत घोषित गरेको लमही प्रहरीले जानकारी गरायो ।

असार ४ गते गढवा गाउँपालिका– ७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको सर्पको डसाइबाट मृत्यु भयो । बिहान ७ः३० बजे गोठमा पराल लिन गएकी उनलाई गोपन सर्पले डसेको उनकी आमा सरिता बोहोराले प्रहरीमा जानकारी दिएकी थिइन ।

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । तर उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै पानीमा डुबेर २५ जनाको ज्यान गएको छ ।

यस्तै करेन्ट लागेर नौ जनाको ज्यान गएको छ भने सर्पदंशबाट पाँच जनाको ज्यान गएको छ । खोलाले बगाएर पाँच जना, आगलागीबाट दुई जना र भारी वर्षाका कारण एक जनाको ज्यान गएको केन्द्रले जनाएको छ ।

जिल्लामा विभिन्न विपद्का घटनाबाट एक हजार दुई घरपरिवार विस्थापित भएका छन् । जसमा भारी वर्षाबाट ८२६ परिवार, आगलागीका घटनाबाट १३३ परिवार, बाढीबाट (खहरे खोला) १६ परिवार र चट्याङबाट हुने विपद्का घटनाबाट २७ परिवार विस्थापित भएको पनि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

एक वर्षमा भएका गरेका घटनाबाट पूर्णरुपमा १६७ घरमा क्षति पुगेको छ भने आंशिकरुपमा ५० घर÷गोठमा क्षति पुगेको केन्द्रको भनाइ छ । यसैगरी विपद्का घटनाबाट एक हजार दुई घरपरिवारको १० करोड ७९ लाख १८ हजार १३० रुपैयाँको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ४५ बजे

उपेन्द्रले सके ‘जारी २’ सुटिङ, दशैँमा प्रदर्शनमा आउने पक्का

काठमाडौं – कवि तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘जारी २’को

माझीका पाँच पुस्ताले भोगेको श्रीलङ्का टप्पु !

चतरा (सुनसरी) – रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी

रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु

काठमाडौं– रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु

कसरी छुटाउने बालबालिकाको मोबाइल फोन प्रयोग गर्ने लत?

काठमाडौं– स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बन्दै गएको छ ।

‘इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गर्‍यो’

काठमाडौं– इरानले इजरायलको जासुसी निकायसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण