दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा « Khabarhub

दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेस कदमले अस्थिरता बढाउने निश्चित छ : थापा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै थापाले कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

बिहीबार विहान ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्,’संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र(?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन।’

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १० बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४