देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी « Khabarhub

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् ।

देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ ।

सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले  र जसपा फुटाउन मार्ग बनाइदिएका थिए ।

ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ ।

तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपाको उपेन्द्र यादव समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कि भन्नेमा छलफल केन्द्रित भएको  स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : ४० बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको