कालीकोटका विद्यालय सञ्चालनमा « Khabarhub

कालीकोटका विद्यालय सञ्चालनमा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय सञ्चालनमा आएका छन् ।

नरहरिनाथ गाउँपालिकाले आज सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याएको हो ।

जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए ।

“विद्यालय सञ्चालन गर्न शिक्षकलाई कोभिड–१९ परीक्षण अनिवार्य गरिएको छ, कोभिड–१९ विरुद्धको खोप लगाएर विद्यालय सञ्चालन गर्न लागिएको हो”, उनले भने, “जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले कोभिडको जोखिम कम रहेका स्थानीय तहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएअनुसार विद्यालय सञ्चालन गर्न लागिएको हो ।”

विद्यालय सञ्चालन गर्ने परिपत्र गाउँपालिकाको शिक्षा शाखाले गरिसकेको र स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै समयमै विद्यालय सञ्चालन गरिने जनप्रभात माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले बताए ।

“विद्यालय पोसाकमा विद्यालय आउनका लागि शिक्षक तथा विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग गरिनेछ”, उनले भने, “विद्यार्थीलाई ज्वरो आयो वा कोभिड–१९ का लक्षण देखिएमा स्वास्थ्य कार्यालयले स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ ।”

गाउँपालिकाले सबै विद्यालय सञ्चालन गर्नाका साथै कक्षा १ देखि १२ सम्म अध्यापनको थालनी गरेको शिक्षा शाखाले जनाएको छ । त्यस्तै जिल्लाको पचालझरना गाउँपालिकाले जोरबिजोर कक्षा सञ्चालन गरेर विद्यालय सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाका सबै विद्यालयमा जोर बारमा जोर कक्षा र बिजोर बारमा बिजोर कक्षाका विद्यार्थीलाई पढाउने गरेर विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थीको पढाइमा असर परेका कारणले विद्यालय जोरबिजोरका आधारमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : २५ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा