राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ।

अधिवक्ता प्रवेश केसीले अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि पेश गरेका छन् ।

रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्न पेश भएको र दर्ताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा जारी गरेकी थिइन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ।

अध्यादेश जारी भएसँगै निर्वाचन आयोगमा माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) ले दर्ताको निवेदन निर्वाचन आयोगमा दिइसकेका छन्।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १२ : २३ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको