कटान र क्षति रोक्न बर्सेनि टालटुले काम « Khabarhub

कटान र क्षति रोक्न बर्सेनि टालटुले काम


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– नदीले क्षति पुर्‍याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ ।

लालबन्दी नगरपालिका– १ स्थित लखनदेही खोलामा आएको बढीले जङ्गल क्षेत्रमा क्षति पुर्‍याएको छ भने चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले सो क्षेत्रमा पनि बाँध भत्काएको छ।

गतवर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो। दीर्घकालीन उपाय नखोजिदा यसवर्ष पनि बाढीले बाँध भत्काएको हो।

गत वर्ष नै बाँधको स्थायी मर्मत गरेको भए यसवर्ष जोखिम नहुने स्थानीय राजगिर रायले बताए । उनले भने “टालटुलेमर्मत गर्दा क्षति हुनु स्वाभाविक हो।”

चक्रघट्टाको शिवनगरसहित लखन्देही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ। अस्थायी मर्मतका लागि जलस्रोत तथा सिँचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम शुरु गर्ने भएको छ ।

सो कार्यालय प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध र स्थायी निर्माण गरिने जानकारी दिए । उनले बजेट अभावले गत वर्षदेखि पक्की बाँध बनाउन नसकेको र यसवर्ष पनि त्यही स्थानमा बाँध भत्किएको बताए ।

उनले भने, “विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वर्षा समाप्त भएपछि पक्की बाँध बाँध्ने योजना छ ।”

जिल्लाको लखन्देही नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिए ।

लखन्देही नदीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मत गर्ने तटबन्ध कार्यालयले जनाएको छ। जिल्लाको मध्यभाग भएर बग्ने सो नदीले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका–७ सक्रौल र मलङगवा नगरपालिका–५ भाँडसरमा रहेको बाँध भत्काएको छ।

बाँध भत्किएपछि यस आसपासका बस्ती उच्च जोखिममा परेका छन् । जोखिम क्षेत्रको प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायलेसमेत निरीक्षण गरेका छन् ।

खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटकपटक जानकारी गराउदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गुनासो गरे । अन्यत्रबाट सहयोग नपाएपछि गाउँ पालिकाले एक करोड बजेट तटबन्धका लागि छुट्याइएको थियो।

लखन्देही नदीले भत्काएको बाँध बाँध्नका लागि दीर्घकालीन रूपमा तटबन्धको पहल भइरहेको प्रजिअ रामकुमार महतोले बताए । उनले भने, “तटबन्धका लागि केही समय लाग्ने भए पनि तत्कालीन रोकथामको काम हुने छ ।”

जिल्लामा लखनदेही, वाग्मती, चापिनी, कालीञ्जोर, फुलजोर र बाँके खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्नुको साथै भौतिक तथा मानवीय क्षतिसमेत गर्ने गरेका छन् । नदी दोहन, दिन प्रतिदिनि चुरे दोहन, वन विनाशलगायतका कारण हरेक वर्ष यी नदीमा आएको बाढीले क्षति पुर्‍याउने गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १ : ०३ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण