सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ? « Khabarhub

सभामुखलाई एमालेको प्रश्न– नेपाल समूहका १४ सांसदको कारबाहीमा किन ढिलाइ ?


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न ढिलाई गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले नेपाल पक्षका १४ सांसदलाई कारबाहीमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आफूहरूले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले सभामुखलाई भेटेरै ध्यानाकर्षण गराएको भट्टराईले जानकारी दिए ।

सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरूलाई मान्य नहुने उनको भनाइ छ ।

एमालेलाई फुटाउने नियतले सभामुख सापकोटाले सूचना टाँस गर्न ढिलाई गरे त्यो मान्य नहुने उनले बताए ।

भेटपछि सभामुख सापकोटाले उक्त विषय छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउने आश्वासन दिएको भट्टराईले जानकारी दिए ।

एमालेले कारबाही गरेको निवेदन पठाएपछि नेपाल पक्षका सांसदले यसअघि नै संसद सचिवालयमा कारबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  २ : २८ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४