‘आँधी तुफान २’को छायांकन पुरा « Khabarhub

‘आँधी तुफान २’को छायांकन पुरा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो ।

फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ ।

चक्र घले निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, संजय खतिवडा, सिवन लामा, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, रवी गिरी, पुष्कर राउत, विन्दिया, ऋचा, सुदिप, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।

फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत र कमल राईको नृत्य रहेको छ । यो फिल्म १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल हो ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  २ : ५८ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच