चोरीको मोटरसाइकलसहित कोहलपुरबाट तीन जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित कोहलपुरबाट तीन जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोरीको मोटरसाइकलसहित प्रहरीले बाँकेको कोहलपुर नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चोरीको मोटरसाइकल र पाटपुर्जासहित पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का १८ वर्षीय अनुप चन्द, २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट बिहीबार बिहान पौने तीन बजे पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूबाट एनएस मोटरसाइकलको निलो रंगको हेडलाइट एक थान, पल्सर मोटरसाइकलको निलो रंगको ट्याङ्की कभर एक थान, मोटरसाइकलको पाटपुर्जा खोल्न प्रयोग हुने स्क्रू ड्राइभर एक थान, रेञ्च एक थान, मोटरसाइकल स्टिकर सात थान, नाइट्राभ्याट चक्की १३ थान बरामद भएको छ ।

अहिले पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : ४५ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६