टाटा बी एस ६ कारको लागि भदौ ७ गते देखि ११ गते सम्म केयर क्याम्प « Khabarhub

टाटा बी एस ६ कारको लागि भदौ ७ गते देखि ११ गते सम्म केयर क्याम्प


३ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङले टाटाको बी एस ६ कारहरु सम्बन्धित सम्पूर्ण जाँच गर्ने टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ। टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंस्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कशपमा यही भदौ ७ गते देखि भदौ ११ गतेसम्म क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।

सिप्रदी टेडिङ ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बी एस ६ गाडीहरुमा नयाँ प्रविधीको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै टेक्नोलोजी प्रयोग गरी सर्भिस गर्नुपर्ने हुन्छ।

त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरुलाई ध्यानमा राखेर सर्भिसिङमा सहजीकरण गर्न क्याम्प आयोजना गरिएको भण्डारीले जानकारी दिए। साथै उनले यो क्याम्प बी एस ६ गाडीका ग्राहकहरुलाई लागि निकै फलदायी हुने भएकाले क्याम्पमा सहभागी हुन आग्रह गरेका छन्।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बी एस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ। लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरुमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषता छन्।

निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  १० : ३२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर