सिभिल बैंकको शाखा महेन्द्रनगरमा पनि खुल्यो « Khabarhub

सिभिल बैंकको शाखा महेन्द्रनगरमा पनि खुल्यो


३ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सिभिल बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो ११५ औं शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा उद्घाटन गर्दै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

बिष्टले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह समेत गरे ।

बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने सिभिल बैंकका डिपोजिट तथा कारोबार प्रमुख भोलाबहादुर बिष्टले बताए । सिभिल बैंकले अरु बैंकले भन्दा धेरै ब्याजदर प्रदान गर्दै आएकोले यसको लाभ उठाउन अपील समेत गरे ।

बैंकले हालसम्म करिब ६ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमह मार्फत बैंकिङ सेवा प्रदान गर्दै गरिरहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  ११ : ३९ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान