सिभिल बैंकको शाखा महेन्द्रनगरमा पनि खुल्यो « Khabarhub

सिभिल बैंकको शाखा महेन्द्रनगरमा पनि खुल्यो


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- सिभिल बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो ११५ औं शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा उद्घाटन गर्दै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र बिष्टले महेन्द्रनगरमा वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

बिष्टले उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पूँजीको लागि बैंकबाट कर्जा लिई व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो–सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह समेत गरे ।

बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने सिभिल बैंकका डिपोजिट तथा कारोबार प्रमुख भोलाबहादुर बिष्टले बताए । सिभिल बैंकले अरु बैंकले भन्दा धेरै ब्याजदर प्रदान गर्दै आएकोले यसको लाभ उठाउन अपील समेत गरे ।

बैंकले हालसम्म करिब ६ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटिएमह मार्फत बैंकिङ सेवा प्रदान गर्दै गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : ३९ बजे

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान