विमल र सावित्रा किन पुगे दोहा? « Khabarhub

विमल र सावित्रा किन पुगे दोहा?


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घुँडामा चोट लागेर शल्यक्रियाका लागि कतारमा रहेका महिला खेलाडी सावित्रा भण्डारी र पुरुष खेलाडी विमल घर्तीमगर राष्ट्रिय पुरुष फुटबल टोलीको खेल हेर्न प्रशिक्षण स्थल पुगेका छन् ।

शनिबार राति कतारमा साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीको मैत्रीपूर्ण खेल अवलोकन गर्ने खेलाडीद्वय सावित्रा र विमल खेल स्थत दोहा पुगेका हुन् ।

नेपालले कतारी दोस्रो डिभिजन क्लब अल विदा स्पोर्टस् क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेल भए पनि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले त्यसको विस्तृत जानकारी दिएको छैन ।

गत फागुनमा महिला लिग खेल्ने क्रममा सावित्राको एन्टेरियर क्रुसिएल लिगामेन्ट (एसिएल) च्यातिएको थियो । सावित्राको शल्यक्रिया असार अन्तिम साता गरिएको थियो ।

यस्तै राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा विमलको गत डिसेम्बरमा एसिएलमा समस्या देखिएको थियो । उनको फागुनमा शल्यक्रिया भएको हो ।

एन्फाले कतार एफएसँग दुबै खेलाडीको शल्यक्रिया गर्न अनुरोध गरेसँगै कतार एफएले दुबै खेलाडीको दोहास्थित अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो । हाल दुबै खेलाडी रिह्याबमा छन् ।

नेपाली टोली १ देखि १६ अक्टोबरसम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको लागि तयारी गर्न कतार पुगेको हो । नेपालले त्यहाँ १६ दिन प्रशिक्षण गरेर सेप्टेम्बर २७ मा माले प्रस्थान गर्नेछ ।

कतार पुगेको नेपाली टोलीले शनिबार पहिलो मैत्रीपूर्ण खेल खेलिसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : ४४ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो