संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह « Khabarhub

संविधानको सफल कार्यान्वयनको जिम्मा पनि कांग्रेसकै : नेता सिंह


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको अपनत्व र सफल कार्यान्वयनका लागि आफ्नो पार्टी गम्भीर रहेको बताएका छन् ।

संविधान दिवस अवसरमा आज शुभकामना दिँदै उनले तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानको कार्यान्वयन गर्ने जिम्मा पनि काङ्ग्रेसकै भएको बताएका हुन् ।

‘सङ्घीयता, समावेशिता धर्मनिरपेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ ।’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन । संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको छ ।’

देशलाई स्थायित्व र समृद्धिको मार्गका लैजान नेपाली काँग्रेसले मात्रै सक्ने उनको दाबी छ । ‘त्यसका लागि सक्षम र सुदृढ काँग्रेस बनाउनुपर्नेछ । दृढ इच्छा शक्ति र दृष्टिकोणसहितको नेतृत्व काँग्रेसलाई आवश्यक छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमार्फत त्यस्तै सक्षम नेतृत्व छान्न पनि म अपील गर्दछु ।’ उनले भनेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : २७ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको