प्रधानमन्त्री देउवाले भने, ‘सहमति र सहकार्यबाट संविधान कार्यान्वयन गरिनेछ’ « Khabarhub

 प्रधानमन्त्री देउवाले भने, ‘सहमति र सहकार्यबाट संविधान कार्यान्वयन गरिनेछ’


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति र सहकार्यबाट संविधानको कार्यान्वयनलाई अघि बढाउने बताएका छन् ।

संविधान तथा राष्ट्रिय दिवस २०७८ विशेष समारोहलाई टुँडिखेलमा सम्बोधन गर्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै विकास समृद्धि कायम गर्नु प्रमुख लक्ष्य रहेको बताए ।

‘दिगो शान्ति कायम गरी संविधानको पूर्ण पालना गर्नु कर्तव्य हो । नागरिकको जिउधन रक्षा सरकारको मुख्य लक्ष्य हो,” उनले भने ।

देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउने लक्ष्य सरकारले लिएको पनि जानकारी गराए ।

राजनीतिक परिवर्तनप्रतिको नेपाली जनातको चाहना यस संविधानबाट सम्बोधन भएको उल्लेख गर्दै देउवाले संविधानको रक्षा एवं कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।

‘यसको सफल कार्यान्वयनबाट आर्थिक र सामाजिक रुपान्तरण गरी समृद्धितर्फ अघि बढ्न सबैले संकल्प गरौं । नेपाल सरकार प्रतिबद्ध छ,’ उनले भने ।

संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन परिमार्जन गर्दै जाने उल्लेख गर्दै देउवाले सहमति सहकार्यबाट अघि बढ्ने र न्याय समानतासहहित सबल नेपालको निर्माण गरिने बताए । नागरिकका इच्छा आकांक्षा सम्बोधन गर्दै सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

‘भौगलिक अखण्डता, स्वाधिनता, सुशासनमा सरकार प्रतिबद्ध छ । व्यवहारमा उतार्न अधिकतम प्रयास गरिनेछ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्र गतिशील बनाउन सातौ संविधान दिवसले शक्ति र प्रेरणा देओस् भनि प्रार्थना गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ४९ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा