काठमाडौँ– विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण नेपालमा जारी लकडाउन र निषेधाज्ञाकाबीच पनि रगतको अभाव हुन नदिन सावित्री कंचनजंगा अगरबत्तीले आफ्नै उद्योग परीसरमा विश्वकर्मा पूजाको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले रक्तदाननै जीवनदान हो भनी यो कार्यक्रम गरेको हो।
कोभिड–१९ को सङ्क्रमणको त्रास र जारी निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न आफ्नै कर्मचारीहरुको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना गरेको हो। निषेधाज्ञाकाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको थियो।
उक्त रक्तदान कार्यक्रमबाट ३५ युनिटभन्दा बढी रगत संकलन भएको छ। सावित्री कंचनजंगा अगरबत्तीले समय-समयमा विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ।
प्रतिक्रिया