संविधान दिवस : ६ वर्षअघि अन्तर्राष्ट्रिय जगतको त्यो चासो « Khabarhub

संविधान दिवस : ६ वर्षअघि अन्तर्राष्ट्रिय जगतको त्यो चासो


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै २०७२ सालमा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने असन्तुष्टि देखायो ।

नेपालको शान्ति प्रक्रियामा नयाँ दिल्लीको साथ, सहयोग र सद्भाव रहे पनि नयाँ संविधानले सबै पक्षलाई नसमेटेको भन्दै उसले असन्तुष्टि जनाएको थियो ।

संविधान जारी हुँदाको समयमा नेपालको तराई मधेसमा दन्केको आगो आफ्नो भू–भागसम्म फैलन सक्ने उसको चिन्ता थियो ।

संविधान जारी भएपछि भारतको प्रतिक्रिया अनौठो थियो । संविधान जारी हुनुअघि नै प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर भारतीय विशेष दूत यस जयशंकर नेपाल आए । उनले राष्ट्रपति डा रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानको विरोध गर्दै आएका पार्टीलगायत प्रमुख राजनीतिक दलका नेतासँग भेट गरे ।

नयाँ संविधान घोषणामा ढिलाइ गर्न र संविधानको विरोध गरेका राजनीतिक समूहसँग वार्ता गर्न उनले दबाब दिएका थिए । यसअघि काठमाडौंस्थित भारतीय दूतले प्रधानमन्त्रीलाई भेटेर संविधानबारे दिल्लीको असन्तुष्टि सुनाएका थिए ।

संविधानलाई सदनले अनुमोदन गरेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा नै पोखेको थियो । ‘तराई मधेशलगायत देशका विभिन्न भागमा हिंसा भड्किएको र संविधानले राजनीतिक समूहका माग सम्बोधन नगरेको’ भन्दै नयाँ दिल्लीले अप्रत्यक्ष रुपमा नेपालको संविधान अस्वीकार गर्‍यो । उसको मुख्य चासो भारतसँग सीमा जोडिएको मधेश आन्दोलनसँग जोडिएको थियो ।

मधेश र अल्पसंख्यक थारु समुदायले प्रस्तावित नयाँ प्रदेशको वर्गीकरणले आफूहरूलाई सीमान्तकृत बनाउने उनीहरूको चिन्ता थियो । नेपालको कूल जनसंख्याको झन्डै ४० प्रतिशत जनसंख्या यी समूहले प्रतिनिधित्व गर्छन् ।

भारतीय चासो स्वभाविक भएको नेपाल मामिलाबारे भारतीय विज्ञ एसडी मुनीको भनाइ थियो । ‘भारतीय चासो स्वभाविक थियो । तराई मधेशमा जे हुन्छ , त्यो भारतसम्म फैलिन्छ,’ उनले भनेका थिए ।

अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार भारत जहिले पनि ‘नेपालको ठुल्दाइ’ बन्न चाहन्छ । ‘भारत जहिले पनि ठूल्दाई बन्न खोज्छ, जसलाई नेपाली जनता मन पराउँदैनन्’, पत्रिकाले टिप्पणी गरेको थियो ।

भारतले विरोध गरे पनि चीनले नेपालको संविधानको स्वागत गरेको थियो । ‘संविधानसभाबाट नयाँ संविधान पारित भएकोमा मित्रराष्ट्रको रूपमा चीन खुसी छ,’ बेइजिङले टिप्पणी गरेको थियो ।

नयाँ संविधान पारितसँगै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि विभिन्न टिकाटिप्पणी गरे । न्युयोर्कमा रहेको एसोसियटेड प्रेसले ‘के नेपालको नयाँ संविधानले देशलाई एकजुट बनाउन सक्ला’ भनेर प्रश्न गरेको थियो । संविधान जारीको पूर्वसन्ध्यामा मधेशलगायतका क्षेत्रमा हिंसा भड्किएको विषयलाई उसले मुख्य प्राथमिकता दिएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ११ : ४७ बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई