लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ « Khabarhub

लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा: कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ ।

कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको जनाएको छ ।

ती नेपालीलाई हेरोइन बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लागुऔषध प्रवर्तन विभाग पठाइएको कुवेत प्रहरीलाई उद्रित गर्दै अरब टाइम्सले जनाएको छ ।

पक्राउ परेका ती नेपालीको परिचय भने खुलाईएको छैन । कुवेतमा पछिल्लो समय गैरकानुनी रुपमा बसेका नेपालीहरूले लागुऔषध, घरेलु मदिरा बिक्री वितरण गरेको आरोपमा धेरै नेपालीहरू पक्राउ परिसकेका छन् ।

यस्ता गतिबिधिमा पक्राउ परेकाहरूलाई त्यहाँको सरकारले पुन: कुवेत फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : २३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई