कांग्रेसमा क्रियाशील सदस्यता विवाद, ५ गतेको वडा अधिवेशन प्रभावित हुने « Khabarhub

कांग्रेसमा क्रियाशील सदस्यता विवाद, ५ गतेको वडा अधिवेशन प्रभावित हुने


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिनमात्र बाँकी रहँदा १३ जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।

वडा अधिवेशन हुन नसकेका २० जिल्लामा स्थानीय तह अधिवेशनको मिति पनि प्रभावित हुने देखिएको छ । निर्वाचन समितिले ५ असोजमा बाँकी १३ जिल्लाको वडा अधिवेशन गर्न नसकिने स्पष्ट पारेको छ ।

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले दुई दिनपछि हुने वडा अधिवेशनका लागि हालसम्म क्रियाशील सदस्यता सूची प्रकाशित नभएको हुँदा उक्त दिन बाँकी जिल्लामा वडा अधिवेशन गर्न नसकिने बताए ।

‘शनिबार प्राप्त हुने भनेको १३ जिल्लाको क्रियाशील सदस्यताको सूची अहिलेसम्म प्राप्त भएको छैन । नामावली प्राप्त भएको कम्तिमा पाँच दिन निर्वाचन समितिलाई आवश्यक पर्छ’, यादवले भने, ‘आज सबै क्रियाशील सदस्यताको सूची प्राप्त भए पनि ५ गते वडा अधिवेशन गर्न असम्भव छ ।’ वडा अधिवेशन गर्नका लागि निर्वाचन अधिकृत खटाउन र प्रशिक्षण गर्न समय अपुग हुने यादवले बताए ।

१३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेपछि ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ । ३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ का ८ जिल्लासहित कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँकेको क्रियाशील सदस्यता टुंगिन बाँकी छ । स्थानीय तह अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ । यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते स्थानीय अधिवेशन गर्ने कि नगर्ने भन्नेमा निर्वचन समितिले कुनै निर्णय गरिसकेको छैन ।

सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ । महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने मिति तय गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १२ : ५२ बजे

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई