सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि « Khabarhub

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन दशैँपछि


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि खुल्ने भएको छ ।

कोभिड–१९ कारण बन्द रहेको नयाँ आवेदन दशैँपछि मात्र खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भूसालले जानकारी दिए ।

‘तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ’ भुसालले खबरहबसँग भने, ‘लाइनमा कुराउनुभन्दा बरु आवेदन पछि खुलाउने गरी तयारी गरेका हौँ ।’

उनकाअनुसार यसअघि ट्रायलको प्रतिक्षामा रहेकाहरूले गत भदौ २० गतेबाट परीक्षा दिइरहेका छन् । परीक्षार्थीको संख्या घट्दै जाने र नयाँ आवेदन दिनेहरूले छिट्टै पालो पाउने हुँदा दशैँपछि मात्र आवेदन खुलाइने उनको भनाइ छ ।

यसअघि पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

यससँगै करिब ४ महिनापछि कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : २५ बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे