सरकारले अलंकार र पदकहरुको नाकमा कालो पोत्यो : ओली (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारले अलंकार र पदकहरुको नाकमा कालो पोत्यो : ओली (भिडियोसहित)

आफ्नो लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई पदक


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशमा आइतबार सातौँ संविधान दिवस सरकारी तवर र पार्टीहरुले आफ्नो किसिमले मनाइरँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तुलसीलाल स्मृति प्रष्ठिानमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

र यो कार्यक्रमलाई एमालेले सरकारविरुद्ध अभिव्यक्ति दिने माध्यम बनाएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई आलोचना गर्न आइतबार नै घोषणा गरिएको मानदपवीको साहारा लिए ।

सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रलाई योगदान गरेका नागरिकहरुलाई विभिन्न मानदवीबाट विभूषित गर्दै आएको छ । यो पटक ९०३ जनालाई विभूषित गरिएको छ ।

यसरी विभूषित हुने मध्ये एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनाउने माधवकुमार नेपालका बाबु र ओलीसँगको सत्ता गठबन्धन तोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहालको पनि नाम छ ।

आइतबार एमालेले आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यही विषयमा आक्रोश पोख्दै देउवा सरकारको चर्को आलोचना गरे । उनले शासनमा जुका पुगेकोसमेत बताए । उनले भने, ‘जुकाहरू शासनमा पुगेका छन्, आफ्ना श्रीमतीलगायत आफन्तलाई सम्मान गरेका छन् ।’ उनले संविधान दिवसका दिन घाइते, सहिदका परिवार खुशी हुनुपर्नेमा आफ्न्तहरुलाई पदक बाँडिएको भन्दै आलोचना गरे । उनले भने, ‘यो बाबुको मुख हेर्ने दिन हो र ? यो संविधान दिवस हो ।’

उनले विभूषणको नाकमा कालो पोतिएको टिप्पणी गर्दै पदकले लाज मानेको बताए । उनले भने, ‘पदकहरुले, क कसको घाँटीमा झुण्डिने भएँ भन्ने भएको छ । लज्जाजनक छ । तर बोल्न सक्दैनन् पदकले ।’

उनले आफूले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा हाल्नेहरुलाईसमेत पदक दिएको भन्दै आलोचना गरे । उनले भने, ‘मुद्दा हाल्ने, झगडीया , तथानाम गर्ने, न्यायको तराजु ढल्काउने, आँखामा पट्टी बाँधेको हुन्छ, कतापट्टी ढल्काउने देखिँदैन । ती सबैलाई सम्मान ? सबैका लागि लज्जाजनक, इतिहासले निर्मम मूल्याङ्कन गर्ने छ ।’

उनले आफ्नो सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन गरिएकोमा पनि देउवा सरकारको आलोचना गरे । उनले भने, ‘उद्यमी व्यवसायी सेटिङ्ग भयो भनेर कराइरहेका छन् । प्रतिस्थापन विधेयक सेटिङ्गका लागि ल्याएको रहेछ भन्दै छन् । होइन भन्ने आधार भेटिदैन । कस्तो सरकार होला ? ७० दिनमा सरकारले पूर्णता पाउँदैन । २ महिनापछि बजेट होलीडे, कस्तो सरकार हो । बजेट होलीडे कस्तो आश्चार्य ।’

उनले ओली सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या आयोग खारेज गरेर अर्को आयोग गठन गरेको विषयमा पनि आक्रोश पोखे । उनले आफ्ना मान्छेलाई जागिर खुवाउन पुरानो आयोग खारेज गरिएको र नयाँ बनाइएको बताए । उनले यो सरकार रहे मेलम्चीको पानी पनि नआउने ठोकुवा गरे । उनले भने, ‘यो सरकार रह्यो भने मेलम्चीको पानी आउँदैन । मैले जनवरीमा ल्याउँछु भनेको थिएँ, यो सरकारले वैशाख भनेको छ । ६ महिनामा यो सरकारले एक फरुवा माटो उठाउँदै कहाँबाट पानी आउँछ ? मतलबै छैन ।’

अध्यक्ष ओलीले देउवा सरकारले प्रतिस्थापन विधेयकमार्फत ५ लाख परिवारलाई १० हजार नगद दिने कार्यक्रम ल्याएको पनि आक्रोश पोखे । उनले आफ्ना कार्यकर्तालाई दशैं खर्च बाँड्न लागिएको भन्दै आलोचना गरे ।


उनले भने, ‘५ लाख मानिसलाई १० दिने घोषणा गरिसके । लाजशरम नभएपछि त कसको के लाग्दो रैछ । दशैँ खर्च बाँडेको हो ?’ ओलीले आफू प्रधानमन्त्री हुँदा शिलान्यास गरेका विभिन्न १४ सय सडक कटौती गरेको विषयमा टिप्पणी गर्दै भने, ‘ती सब्बैकुरा कटौती भए । अनि यो सरकार विकासतर्फ जाँदैछ ? सामाजिक सुरक्षालाई ऐच्छिक भनिएको छ । क्यासिनोलाई कर छुट, गरिबलाई कसेर कर लगाउने, अनि ल्याउने के भन्दा समाजवाद । क्यासिनोलाई कर छुट दिने प्रेरणा कहाँबाट आयो ? के हो स्रोत , नेपाललाई इन्टरनेशनल्ली बेइज्जत गर्ने । लगानीमा स्रोत देखाउन नपर्ने क कलाई भनेको हो ? कालोधनलाई सेतो बनाउन खोजिँदैछ भनेर नेपालको इन्टरनेशनल्ली बेइज्जत गरिएको छ । यही बाटोले समाजवादमा गइन्छ ।’

संविधानको विषयमा बोल्दै अध्यक्ष ओलीले नयाँ संविधान जारी भएसँगै वास्तविक जनताको राजको युग सुरुवात भएको बताएका ओलीले असमानता, थिचोमिचो र भेदभावको युगको अन्त्य गर्ने र नयाँ युगको नयाँ विहानीको प्रारम्भ गरेको बताए ।

संविधान बनाउने क्रममा स्वार्थ समूहहरू तानातान भएको भएको स्मरण गर्दै उनले भने, ‘विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन भए । विगतका अनुभवलाई ध्यानमा राखेर नेपालको संविधान निर्माण गर्‍याैँ । यद्यपि, त्यसक्रममा स्वार्थ समूहहरु तानातान भए । आफ्ना अधिकार हितलाई सुनिश्चित गर्नु स्वभाविक भए । विभिन्न शक्तिका दबाब झेलेर पराजित गरेर संविधान जारी गर्‍यौँ ।’

‘नेपाली जनताले गरेको त्याग बलिदान र योगदान गलत थिएन । समानता र न्यायका लागि योगदान गरे । ति सबैको संविधानले सम्मान गरेको छ । सफलताको आसनमा ल्याएको छ’, अध्यक्ष ओलीले भने, ‘यसले सापेक्षित रुपमा भन्ने हो भने राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने अवस्था अन्त्य गरेको छ । साथसाथै संविधान जारी हुने कुरामा नेपालमा एउटा ठूलो बहसको विषय राजनीतिक आन्दोलन क्रान्ति परिवर्तनका लागि हिंसा अनिवार्य हो कि हैन भन्ने प्रश्न छ । हामीले अनेकौँ सशस्त्र युद्ध रोक्यौं । हतियारमात्रै परिवर्तन होइन । परिवर्तनका लागि हिंसा आवश्यक छैन । यो स्वीकार्य पनि छैन भनेको छ ।’

समानुपातिक समावेशी सहभागिता, पछाडि परेको समुदाय अगाडि बढाउने नीति निर्माण, जनप्रतिनिधिमुलक संस्था जनताको सामाजिक जीवन सबैको प्रतिनिधित्व हुन सकेको ओलीको भनाइ छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : १७ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र