अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना « Khabarhub

अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गरेका छन् ।

विदेशमन्त्री ब्लिङ्केनले आज दिएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गरिएको छ ।

सन्देशमा उनले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।”

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ५० बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल