अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना « Khabarhub

अमेरिकी विदेशमन्त्रीद्वारा संविधान दिवसको शुभकामना


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको संविधान दिवसका अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुभकामना व्यक्त गरेका छन् ।

विदेशमन्त्री ब्लिङ्केनले आज दिएको शुभकामना सन्देशमा अमेरिकी सरकार र अमेरिकी नागरिकका तर्फबाट नेपाल र नेपाली नागरिकलाई संविधान दिवसका अवसरमा शुभकामना र बधाई व्यक्त गरिएको छ ।

सन्देशमा उनले दुई देशले विगतदेखि समान प्रकृतिका चुनौतीको सामना गरिरहेको स्मरण गर्दै विशेष गरी कोभिड–१९ को महामारीविरूद्ध लड्न तथा जलवायु परिवर्तनका असरहरूको सामना गर्न मिलेर काम गरेको उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, “झण्डै ७५ वर्ष लामो कूटनीतिक सम्बन्धमा हामी हरेक क्षण जनस्तरमै सुमधुर मित्रतामार्फत अझै बलियो बनेको यो सम्बन्धको खुलेर प्रशंसा गर्न चाहन्छौँ ।”

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ५ : ५० बजे

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि

आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपात

काठमाडौं – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र